नरेश गुप्ता

बरियारपुर,आफुलाई प्रहरी बताउदै तस्करसंग घुस लिने पर्साको एकजना पत्रकार बताउने ब्यक्तिलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ निबासी संचार क्षेत्रमा काम गर्ने धर्मेन्द्र यादवलाई बुधबार वीरगन्जस्थित प्रतीमा चौक नजिकैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

बाराको एकजना तस्करसंग २० हजार रुपैया लिने क्रममा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटेको टोलीले यादवलाई नियन्त्रणमा लिइएको थियो ।

यादवले आफू प्रहरी भएको भन्दै रकम लिएको सूचनापछि उनलाई प्रहरीले बुधबार बिहान १० बजे नियन्त्रणमा लिएको थियो । पक्राउ परेका यादवमाथि बुधबार नै जिल्ला प्रहरी कार्यालय बारामा ठगी मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here