निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजयकुमार बर्तौलाको आइतवार बिदाइ गरिएको छ ।निजगढ नगरपालिका कार्यालयमा एक कार्यक्रमबीच नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, कार्यपालिका सदस्यहरु र कार्यालयका कर्मचारीहरुले अधिकृत बर्तौलालाई माया चिनो दिएर बिदाइ गरेका हुन । जनप्रतिनिधिहरुको तर्फबाट प्रमुख पुरी र उपप्रमुख थिङ्गले र कर्मचारीहरुको तर्फबाट वडा नम्बर १३ का वडा सचिव विष्णुलाल श्रेष्ठले अधिकृत बर्तौलालाई मायाको चिनो प्रदान गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्तौलालाई काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेपछि निजगढमा उहाँको बिदायी गरिएको हो ।गत वर्ष पुष २३ गतेबाट निजगढ नगरकार्यपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका बर्तौैलाको १ वर्ष २ महिना भित्रैमै सरुवा भएको हो ।निजगढको प्रमुख प्रशासकीय अधिकृतमा भने उपसचिव युवराज आचार्य आउनुहुने भएको छ । आचार्य हाल संघीय मामला तथा स्थानीय प्रशासन मन्त्रालय अतिरिक्त समूहमा कार्यरत हुनुहुन्थ्यो ।

 

Leave a Reply