बिपिन अधिकारी

निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ ले वडाका गरिव, विपन्न र जेहेन्दार छात्र÷छात्राहरुलाई आइतवार साइकल वितरण गरेको छ ।

वडा अन्तर्गत बसोबास गर्ने र कक्षा ११ मा अध्ययन गरिरहेका ९ छात्र र १५ जना छात्रालाई कछडिया टोलस्थित वडा कार्यालयमा भेला गरेर साइकल वितरण गरिएको वडा अध्यक्ष जयराम कुवरले बताउनु भयो ।

साइकल वितरण कार्यक्रममा वडा सदस्य मिनाकुमारी राउत, टेकबहादुर घिमिरे, स्थानीय समाजसेवी कैलाशकुमार धामी र वडा सचिव सोमसिंह लामा लगायतको उपस्थित रहेको थियो ।

वडा कार्यालयले हरेक वर्ष वडाका विद्यार्थीहरुलाई साइकल वितरण गर्दैै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here