निजगढ,छिमेकी किशोरीमाथि जबरजस्ति करणीको आरोप लागेका निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ फरार बनेका छन ।

अध्यक्ष श्रेष्ठविरुद्ध जिल्ला अदालत बाराले पक्राउ पुर्जी जारी गरेपछि उनी एक सातादेखि फरार बनेका हुन । अदालतबाट पक्राउ पूर्जी पाएपछि खोजी भइरहेको भए पनि फरार रहेकाले हालसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले बताउनुभयो ।

जबरजस्ति करणी गरेको भन्दै १५ वर्षिया एक किशोरीले ईलाका प्रहरी कार्यालयमा निजगढमा गत मंगलबार जाहेरी दर्ता गरेपछि वडा अध्यक्ष श्रेष्ठविरुद्ध जिल्ला अदालत बाराले बुधवार पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएलगत्तै पक्राउ गर्न भनेर प्रहरी निरीक्षक ओली नेतृत्वको प्रहरी टोली वडा अध्यक्ष श्रेष्ठको घरमा पटकपटक पुगेको थियो । अध्यक्ष श्रेष्ठ घरमा फेला नपरेको र मोबाइल फोन समेत स्वीच अफ रहेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार श्रेष्ठले मंगलबारदेखि नै घर छाडेका छन् ।

Leave a Reply