बसन्त लामा

सिगौंल,निजगढ नगरपालिका वडा नम्बर १ नमुना बस्तीस्थित जनशक्ति सामुदायिक वन समुहको जंगलमा पर्ने सिमसार क्षेत्रमा पोखरी निर्माण सुरु गरिएको छ ।

वन समितिले आन्तरिक पर्यटन प्रबन्धन गर्ने उदेश्यले सिमसार क्षेत्रमा पोखरी निर्माण गर्न लागेको हो ।

निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मङ्गले लोप्चनको पहलमा राष्ट्रपती चुरे संरक्षण विकास समितिको ५ लाख आर्थिक सहयोगमा पोखरी निर्माण गर्न लागिएको सो पोखरीको लम्बाई ५० मिटर र चौडाई ४० मिटर तथा ६ मिटर गहिराइ हुने पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष रोहित भण्डारीले जानकारी दिनुभयो ।

पोखरी निर्माणपछि उक्त क्षेत्रमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न, समुहको आय आर्जन वृद्धि र वन डढेलो नियन्त्रणमा पनि मद्दत पुग्ने बताइएको छ । सुख्खायाममा लाग्ने डढेलो नियन्त्रण गर्न पोखरीको पानी प्रयोग गर्न सकिने वन उपभोक्ता समितिका अध्यक्ष निर्मल केसीले बताउनुभएको छ । पोखरीको डीलमा आर्थिक रुपमा लाभ दिने खालका बिरुवा रोपेर आम्दानी पनि लिन सकिने अध्यक्ष भण्डारीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here