निजगढ, ३१ साउन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रतनपुरले निजगढ नगरपालिका वडा न १३ मानेचोकका फुटबल खेलाडीहरूलाई खेलकुद सामाग्री सहयोग गरेको छ ।

नेकपा निजगढ नगरपालिका वडा न १३ का नेता मिलन स्याङ्तान, राष्ट्रिय युवा संघ नेपालका नेता कमान सिं थिङ, युवा समाजसेवी गोबिन्द थापा तथा निजगढ नगर कार्यपालिका सदस्य पवन विकलगायतको विशेष सहयोगमा शुक्रबार मानेचोक युवा क्लबका अध्यक्ष कृष्णबहादुर अधिकारीलाई ११ सेट जर्सी, ११ सेट बुट र १ थान फुटबललगायत खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो ।

मिलन स्याङ्तानको अध्यक्षतामा भएको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का पार्टी प्रमुख राकेश थिङ, नेकपा महिला नेतृ प्रेमकुमारी आले मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य विकले गर्नु भएको थियो ।

खेलकुदमार्फत युवाहरुको शारीरिक र मानसिक विकासको लागि खेलकुद सामाग्री वितरण गरिएको नेकपाका नेताहरुले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here