कलैया,४ फागुन । बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्यण कोषको नाउँमा हरेक बर्ष बितरण हुँदै आएको स्वर्गीय उमादेवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार र चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारका लागि समिति गठन गरिएको छ । कोषको आज बिहान वीरगन्जमा रहेको कृपा दैनिकको सम्पर्क कार्यालयमा बसेको बैठकले कृपा दैनिकका सम्पादक गोकुल घोरसाइने , पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी र कृपा दैनिक पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनाल रहने गरी तीन सदस्यीय समिति बनाइएको छ । कृपा दैनिकले हरेक बर्ष फागुन ४ गते आफ्नो बार्षिकोत्सवको अवसरमा यी दुई पुरस्कार बितरण गर्दै आइरहेको भएपनि यसपाली कोरोना कहरका कारण आगामी बैशाख १ गते बिशेष कार्यक्रमको आयोजना गरी दुईजना कृयाशिल पत्रकारलाई पुरस्कृत गरिने कोषले जनाएको छ । कोष कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमादेवी उपाध्यायको नाउँमा २०७२ सालमा स्थापना गरिएको हो । उमादेवी कृयाशिल पत्रकारिता पुरस्कार बिगत पाँच बर्षदेखि बितरण गर्दैै आइरहेको छ भने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बिगत एक दशक देखि यस क्षेत्रका कृयाशिल संचारकर्मीलाई प्रदान गरिएको छ । पुरस्कार छनौट समितिले चैत २० गतेसम्म मधेश प्रदेशका दुईजना कृयाशिल पत्रकारलाई गरेको सिफारिसका आधरमा मधेश प्रदेशमै सर्वाधिक राशी रहेको पुरस्कार बैशाख १ गते प्रदान गरिने कोषका संचालक एवम् कृपा दैनिक पत्रिकाका प्रवन्ध निर्देशक कमलकुमार उपाध्यायले बताउनुभयो । उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारको राशी ५० र चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारको राशी १० हजार रहेको छ ।