निजगढ, १० भदौँ– निजगढ नगरपालिकामा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमति पुष्टि हुनेहरुमा प्रहरी, थुनुवा, स्वास्थ्यकर्मी र सर्वसाधारण छन । निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाकाअनुसार इलाका प्रहरी कार्यालय निजगढका १ प्रहरी सहायक निरीक्षकसहित ७ जना प्रहरी, २ जना थुनुवा, स्वास्थ्य शाखाका एक कर्मचारी र अर्का कोल्हवी नगरपालिका घर भइ हाल निजगढमा ज्यालादारीमा काम गर्दै आएका मजदुर रहेका छन ।

प्रहरीले फिरौति असुली र कर्तव्य ज्यान अाराेपमा नियन्त्रणमा लिएका थुनुवामा पनि संक्रमण पुष्टि भएको हो ।
गत भदौँ ७ गते ५८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि वीरगंजस्थित नारायणी अस्पताल पठाइएकोमा बुधबार प्राप्त रिपोर्टमा ११ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितलाई आइशोलेशनमा पठाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख लामाले बताउनुभयो । योसंगै निजगढमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । संक्रमित मध्ये ८ जना निको भएर घर फर्किएका ३ जना भने अहिले पनि आइसोलेशनमा नै बसेका छन ।

यसअघि निजगढ वडा नम्बर– ६ का एक ८ वर्षिय बालकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply