नरेश गुप्ता
बरियारपुर,महागढीमाई फाउन्डेसन नेपालले महागढीमाई नगरपालिकालाई अक्सिमिटर सहयोग गरेको छ । फाउन्डेसनमन उपाध्यक्ष प्रेम यादवले नगरपालिका स्वास्थ शाखा प्रमुख अजय सिहंलाई बुधबार २० थान अक्सिमिटर हस्तान्तरण गर्नुभएको हो । कोभिड १९ को महामारी बढ्दै गएको अवस्थामा महागढीमाई फाउन्डेसन नेपालमा आवद्ध युवाहरुले सामाजिक संजालमार्फत संहयोगको लागि अपील गरेपछि सहयोगीहरुले उपलब्ध गराएको रकमबाट खरिद गरिएको अक्सोमिटर नगरपालिका स्वास्थ्य शाखालाई प्रदान गरिएको हो ।
कोभिड १९ रोकथाम अभियानमा लागेको युवाहरुले स्वास्थ सामग्री खरिद गरि ‘आफु बचौ र अरुलाई पनि बचाऔ’ उदेश्यले स्वास्थ्य शाखालाई उपलब्ध गराएका हुन । फाउण्डेशनका सहसचिव रबि कुशवाहाले जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुलाई पनि अक्सिमिटर सहयोग गर्ने बताउनुभयो । अक्सिमिटर हस्तान्तरण कार्यक्रममा फाउन्डेसन नेपालका ज्ञानप्रकाश रौनियार, सदस्य राजेश्वर कुशवाहलगायतको सहभागिता रहेको थियो ।