कृपा संवाददाता
हेटौंडा, ३ मंसिर । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्रदेश–३ का सवै जिल्लामा विस्तार गरेर यो कार्यक्रममा सवैको पहुँच विस्तार गरिने भएको छ । प्रदेश नम्बर ३ को सामाजिक मन्त्रालयले विगतको आर्थिक वर्षमा केही सिमीत दायरामा मात्र मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेको भएपनि चालु आर्थिक वर्षबाट भने यो कार्यक्रमबाट सबैलाई समेट्न लागिएको सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो ।
मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रममा सवैलाई २५ प्रतिशत छुट दिएर अहिलेको भन्दा दायरा फराकिलो वनाएर काम गर्न लागिएको मन्त्री दुलालले जनाकारी दिनुभयो । यो कार्यक्रम पहिलेको वर्ष परिक्षणको रुपमा प्रदेशका पाँच वटा अस्पतालबाट सुरु गरिएको भएपनि चालु आर्थिक वर्षमा भने प्रदेश मातहतका आठ अस्पताल र अरु भने स्थानीय तहका वा संघीय सरकारले सञ्चालन गरेका अस्पतालमा सुरु गर्न लागिएको हो ।
प्रदेश सरकारले २०८५ साल सम्ममा प्रदेशभरी वाल विवाह मुक्त गर्ने भएको छ । यसका लागि अहिले देखिनै कामको थालनी गरिएको छ । वाल विवाह मुक्त गर्ने अभियान अनुसार प्रदेशका सवै स्थानीय तहलाई चालु आर्थिक वर्षमा अनुदान उपलव्ध गराएको र यो अभियान प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री दुलालले वताउनुभयो । अहिलेको अवस्थामा कुल वाल विवाह गरेकालाई २० प्रतिशतमा झार्ने प्रदेश सरकारको लक्ष हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले ७० प्रतिशत प्राविधिक जनसक्ति उत्पादन गर्ने लक्ष लिएको छ । यही अुनसार काम गर्न लागिएको हो । एक विद्यालय एक नर्ष कार्यक्रम प्रदेशका १३ वटा जिल्लाका एक सय १९ वटै स्थानीय तहमा सञ्चालन गर्न लागिएको छ । त्यसमध्य केही स्थानीय तह भन्दा बाहेक अरु सवैमा नर्ष खटिइसकेका छन् । पाँच वर्षको अवधिमा सबै स्थानीय तहका माध्यमिक तहका विद्यालयमा एक द्यिालय एक नर्ष कार्यक्रम लागू गरिसक्ने मन्त्री दुलालले वताउनुभयो ।
हेटौंडा अस्पताललाई मदन मण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाढी वढाइएको छ । कानून पास गरेकाले अव भने अर्को वर्षबाट शैक्षिक कार्यक्रम पनि सुरु गरिने वताइएको छ ।