राजन कुमार बानिया
पोखरिया,पर्साको सखुवा प्रसौनी गाँउपालिकामा बुधबार दलित दबाब समूह गठन गरिएको छ । हरिलाल रामको अध्यक्षतामा सम्पन्न गाउँपालिका स्तरीय दलित भेलाले नौ सदस्यीय दलित दवाब समुह गठन गरिएको हो ।
दबाब समुहको उपाध्यक्षमा छनु पासवान, सचिवमा हाकिम मुसहर, कोषाध्यक्षमा महेश राम र सदस्यमा सुरेन्द्र पासवान, तेतरी देवीलगायत रहेका छन् ।
दलित समुदायको सामाजिक न्याय, सामाजिक स्वतन्त्रता, सामाजिक रुपान्तरण, शिक्षा, राजनीतिमा पहुँच तथा राजनीतिमा नेतृत्वका लागि दलित दबाब समूह गठन गरिएको पिस फोर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले बताउनुभयो ।
भेलामा आगामी स्थानीय तहको निर्वाचनमा दलित समुदायबाट प्रत्येक वडामा वडा अध्यक्षको उम्मेदवार बनाउने, दलित समुदायको आत्मबल बढाउने, वडादेखि स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्ने, दलित समुदायलाई एकीकृत गर्ने विषयमा पनि छलफल भएको रामले जानकारी दिनुभयो ।दलित अगुवा, दलित महिला लगायतको सहभागीता रहेकोे भेलामा सहजीकरण पिस फोर दलित फाउन्डेसनका अध्यक्ष रामले गर्नुभएको थियो ।


















