कामाण्डौं,श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिनुभएको छ । बुधवार भएको चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिनुभएको हो । उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयो । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।

राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि पहल गर्न भन्नुभएको छ । भोलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उहाँले बताउनुभयो ।

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।

रनिल विक्रमासिङ्घेको कार्यकाल सन् २०२४ नोभेम्बरसम्म हुनेछ । उहाँले गोटाबाया राजापाक्षेको बाँकी रहेको कार्यकाल पूरा गर्नुहुनेछ ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा गएको हप्ता प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए, यस्तै प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी र प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएका थिए । प्रदर्शनकारीले कब्जामा लिएका ठाउँ अहिले छोडिसकेका छन् । रनिल विक्रमासिङ्घे पनि श्रीलङ्कामा अलोकप्रिय हुनुहुन्छ ।

फोटो पनि छ ।

श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान चार विकेटले विजयी भएको छ । गाल्लेमा घरेलु टोली श्रीलङ्काले दिएको तीन सय ४२ रनको लक्ष्य पाकिस्तानले आज पाँचौँ दिनको खाना समयपछि ६ विकेट गुमाएर भेटायो । पाकिस्तानका लागि अब्दुल्लाह सफिकले नटआउट एक सय ६० रन बनाए । यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए । पाकिस्तानले आफ्नो टेस्ट इतिहासमा दोस्रो सबैभन्दा धेरै रनको लक्ष्य पूरा गर्ने रेकर्ड समेत बनाएको छ । पाकिस्तानले सन् २०१५ मा श्रीलङ्काले दिएको तीन सय ७७ रनको लक्ष्य पूरा गरेको थियो । दोस्रो पारीमा बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले चार विकेट लिए । पहिलो पारीमा चार रनको अग्रता बनाएको श्रीलङ्का दोस्रो पारीमा तीन सय ३७ रनमा अलआउट भएपछि पाकिस्तानले तीन सय ४२ रनको लक्ष्य पाएको हो । दुई वटा टेस्टको शृङ्खलाका लागि पाकिस्तान श्रीलङ्का भ्रमणमा रहेको छ ।

Leave a Reply