कृष्ण मोहन साह

सेढवा,पर्सामा सोमबार दिउँसो ट्याक्टरले साइकललाई ठक्कर दिदाँ साइकलमा सवार एक वृद्ध महिलाको मृत्यु भएको छ ।पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ स्थित सडकमा सोमबार दिउँसो मे.१ त ४८१७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट साइकलमा सवार पर्साकै धोविनी गाँउपालिका वडा नम्बर ३ गुलरिया घर भएकी ७२ बर्षिय महेसीया देवी हजराको मृत्यु भएको हो ।दुर्घटनामा साइकल चलाउने महेसीया देवीका पति प्रसाद हजरा गम्भीर घाइते हुनु भएको छ । उहाँको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर र चालक पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर २ घर भएका ३२ बर्षिय महेन्द्र सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply