निजगढ,तिलगंगा सामुदायिक आँखा अस्पतालव्दारा संचालित आँखा उपचार सेवा निजगढमा सुरु भएको छ ।

प्रस्तावित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले सोमबारबाट सेवा सुरु गरेको हो । नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहृद घिमिरे र निजगढ नगरपालिकाका मेयर सुरेश खनालले एक कार्यक्रमबीच उद्धाटन गरेपछि अस्पतालले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा तिलगंगा आँखा अस्पतालको निजगढ शाखामार्फत सेवा सुरु गरिएको हो ।

निजगढ नगरपालिका र द फ्रण्ड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगंगा काठमाण्डौंले निजगढमा तिलगंगा आँखा अस्पताल संचालनमा ल्याएको हो ।

उपचार सेवा उद्धाटन कार्यक्रममा निजगढ आँखा अस्पतालले पहिलो चरणमा प्राथमिक स्वास्थ्य केन्द्र परिसरबाट आँखा स्वास्थ्य सेवा र मोतियाबिन्दुको शल्यक्रिया लगायत विशेषज्ञ सेवा उपलब्ध गराउने र दोस्रो चरणमा नेत्ररोग विशेषज्ञसहितको नियमित सेवा संचालन गर्ने जानकारी गराइएको छ । अस्पतालले दिएको जानकारी अनुसार आगामी ५ वर्षभित्र २ लाखभन्दा बढी बिरामीको आँखा जाँच र २५ हजारभन्दा बढी बिरामीको आँखा शल्यक्रिया गरिने छ ।

सोही अवसरमा प्रस्तावित अस्पताल भवनको शिल्यान्यस पनि गरिएको छ । करिव २९ करोडको लागतमा निर्माण हुन लागेको सुविधा सम्पन्न अस्पताल भवन ५ वर्षििभत्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ । निजगढ नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको जमिन उपलब्ध गराएपछि तिलगंगा आँखा अस्पतालले भवन निर्माण गर्न लागेको हो । कार्यक्रमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी घिमिरे, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल र नेपाल आँखा कार्यक्रमका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here