वीरगञ्ज,
वीरगञ्जका धार्मिक तथा शैक्षिक संस्थाको क्षेत्रभित्र मदिराजन्य सामग्रीको बिक्रिवितरण र कारोवार गर्न नपाइने भएको छ ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित बजार अनुगमन समितिको आइतवारको बैठकले मन्दिर, मस्जिद, स्कुल तथा कलेजको भवन र जमिनमा मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि वितरण र कारोबार गर्न रोक लगाउने निर्णय गरेको हो ।संघीय स्वास्थ्य ऐनअनुसार मठ मन्दिर र शिक्षण संस्थाहरुको वरिपरि ५ सय मिटरसम्म मदिरा एवंम सुर्तीजन्य पदार्थ बेच्न नपाइने व्यवस्था छ । सोही व्यवस्थालाई कार्यन्वयन गर्नका लागि पहिलो चरणमा स्कुल कलेज र मन्दिर मस्जिद जस्ता धार्मिक एवंम शिक्षण केन्द्रहरुको भवन र जग्गामा मात्र मदिरा एवंम सुर्तीजन्य पदार्थको बिक्री वितरण र कारो




















