निजगढ,श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोल निजगढ नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको क्वाटरर्फाइनलमा प्रवेश गरेकोछ ।आइतवार सम्पन्न खेलमा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय निजगढ ४ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै गौरीशंकर मावि सडकटोल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।निर्धारित समयको खेल १÷१ गोलको बराबरीमा सकिएपछि खेल टाब्रेकरमा गएको थियो । खेलको २२ औं मिनेटमा सेम पुलामी मगरले गोल गर्दै गौरीशंकरलाई अग्रता दिलाएका थिए । तर गौरीशंकरले सुरुवाति अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।४६ औ मिनेटमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढका अर्पण गुरोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । टाइब्रेकरमा गौरीशंकरका गोलरक्षक सन्दिप थापाले दुई वटा बचाउ गर्दै टोलीको जित दिलाए । गौरीशंकरको जितमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका गोलरक्षक थापा खेलको म्यान अफ द म्याच घोषित भए ।प्रतियोगिता अन्तर्गत सोमवार श्री गौरीशंकर माध्यमिक विद्यालय सहिद चोक बि र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरीबीच प्रतिस्पर्धा हुनेछ । निजगढ फुटबल क्लबको आयोजनामा संचालित प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १० वटा विद्यालय र थप २ गरी १२ वटा टिमको सहभागिता रहेकोछ ।



















