नरेश गुप्ता

बरियारपुर,मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि फरार भएका चालकलाई २ वर्षपछि प्रहरीले नियन्त्रणमा लिइएको छ ।

जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ पर्साटोला निवासी वर्ष १८ का कमरुल होदा अंसारीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

पर्साटोलाबाट सिम्रौनगढतर्फ जादै गरेको जितु हुसेनका छोरा वर्ष ४२ का अबताब आलमले चलाएको बि आर ०५ एम ७९५९ नम्बरको मोटरसाइकलाई सोही ठाँउ बस्ने आलम हुसेनका छोरा वर्ष १८ का कमरुल होदा अंसारीले चलाएको बि आर ०५ ए ई ६१६ नंम्बरको मोटरसाइकलले विपरित दिशाबाट ठक्कर दिएपछि घाइते अबताबको उपचारको लागि वीरगन्जतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका चालक कमरुल होदा अंसारीलाई २ वर्षपछि ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटेको टोलीले खोजतलास गर्दै जाँदा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सतुआहीबाट होदालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेको अंसारीमाथि आवश्यक कारबाही भइरहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

Leave a Reply