मनोज शाह

जितपुर,जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा निजी तथा संस्थागत विद्यालयलाई सचेतना स्वरुप सूचना निकाल्ने तयारी गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका निजी तथा संस्थागत विद्यालयहरुले बालबालिकाको सुरक्षा जोखिमलाई ख्याल नगरी सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी साधनमा ओसारपसार गर्ने गरेको पाइएको शिक्षा तथा खेलकुद शाखा अधिकृत हरिशप्रसाद भट्टले बताउनुभयो ।विद्यार्थीको सुरक्षालाई लिएर विद्यालयका अभिभावकहरुले गुनासो गर्न थालेपछि उपमहानगरपालिकाले विद्यालयहरुलाई सचेतना स्वरुप छिटै सूचना पत्र निकाल्ने तयारी गरेको शिक्षा तथा खेलकुद शाखा अअिधकृत भट्टले बताउनुभयो ।

Leave a Reply