अनिल तिवारी
बारा – पथलैया–विरगंज–ड्राइपोर्ट व्यापारिक मार्गमा पर्ने तिनओटै पुलको काम ६० प्रतिशत सम्पन्न भएको छ । व्यापारिक मार्ग परियोजना अन्तर्गत करिब एक अर्बको बजेटमा निर्माण हुन लागेको यस तिन ओटै पुलको कामको भीते प्रगती ५५ प्रतिशत र भौतीक प्रगती ६० प्रतिशत सम्पन्न भएको परियोजना कार्यालयले जनाएको छ ।
पथलैया–विरगंज–ड्राइपोर्ट व्यापारिक मार्गमा पर्ने जितपुरको ललका पुल, परवानिपुर श्रीसिया पुल र परवानीपुर–ड्राइपोर्टमा पर्ने श्रीसिया नदिको तिन औटै पुलको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको ब्यापारीक मार्ग परियोजना कार्यलय पथलैयाले जनाएको छ । गाडी गुड्दा चालकलाई सडकमा पुल छ भन्ने अनुभूति समेत नहुने गरी यी पुलहरुको निर्माण कार्य हुन लागेको हो ।
ललका खोलाको पुल इलाइट कन्स्ट्रक्सन एसबिए जेभीले ३२ करोड ९३ लाख, परवानीपुर–विरगंज सडक खण्डमा रहेको श्रीसिया खोलाको पुल २५ करोड ६५ लाखमा र परवानीपुर–ड्राइपोर्ट मार्गमा रहेको श्रीसिया खोलाको पुल २९ करोड ४१ लाखमा लुम्बीनी सञ्जीवनी जेभीले बनाउने जीम्मा पाएको समेत व्यापारिक मार्ग परियोजना कार्यालय पथलैयाका इन्जिनियर अशोक यादवले बताउनुभएको छ ।
५० मिटर चौडाई र ४०–४० मिटर लम्बाइ भएको यी पुलहरु फरक डिजाईनमा निर्माण हुन लागेको र हाल सम्म निर्माण कार्य सम्तोष जनक रहेको व्यापारिक मार्ग परियोजना कार्यालय पथलैयाका इन्जिनियर यादवले बताउनुभएको छ । ब्यापारीक मार्गमा निर्माण हुने पुलहरु जीतपुर ललका पुलमा, परवानीपुर–विरगंज सडकखण्डबीच प्रहरी चौकी परवानीपुर चेकप्वाइन्ट भन्दा दक्षिण श्रीसिया खोलामा र अर्को परवानीपुर–ड्राइपोर्ट सडक अन्तरगत लिटिल फलावर स्कूल नजिक श्रीसिया खोलामा निर्माण हुन लागेका हुन् ।