कलैया,बाराको कलैयामा सम्पन्न भएको देशभक्त लोकतान्त्रिक पार्टीको जिल्ला कार्य समिति विस्तार भएको छ । देशभक्त लोकतान्त्रिक पार्टीको बारा जिल्ला अध्यक्ष किशुनदयालप्रसाद बरैको अध्यक्षतामा बसेको बैठकले १७ सदस्य जिल्ला कार्य समिति गठन गरेको हो ।
नव नियुक्त अध्यक्षमा किशुनदयालप्रसाद बरै, उपाध्यक्षमा मुनिफ मियाँ अन्सारी, कोषाध्यक्षमा सुन्देश्वरप्रसाद चौरसिया, सचिवमा बिरेन्द्र प्रसाद जयसवाल, सहसचिव लखिन्द्रप्रसाद यादव, सदस्यहरूमा प्रह्लाद राउत कुर्मी, लिलाधरप्रसाद चौधरी, पन्नालाल साह, देवेन्द्रकुमार साह, कलावती देबी दुसाद, बिनोदप्रसाद चौरसिया, रामकुमारप्रसाद बरै, दिनेशप्रसाद यादव, संगिताकुमारी राम, अशोककुमार चौरसिया, सुमिन्त्रा देबी सर्राफ, बिनोद राउत बरै १७ सदस्यीय कार्यसमिति गठन गरिएको पार्टीको जिल्ला अध्यक्ष बरैले बताउनुभयो ।