नरेश गुप्ता
बरियारपुर,बाराको परवानीपुर गाउँपालिका वडा नम्बर.३ स्थित परवानीपुर चौकस्थित सर्वो मेक्सईन्जिनियरिङ कम्पनीको जरनेटरको तार काटी रहेको अवस्थामा प्रहरीले तीन जना चोरहरुलाई नियन्त्रणमा लिइएको छ ।
ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटेको टोलीले परवानीपुर गाउँपालिका वडा नम्बर ३ परवानीपुर गाउँ बस्ने प्रमोद रामको छोरा वर्ष १२ को बबिदेवल राम, अशोक रामको छोरा वर्ष १५ को शनी राम र सोही ठाउँ बस्ने जयनारायण रामको छोरा वर्ष १७ को अरबिन्द रामलाई पक्राउ गरेको हो ।
पक्रउ परेकोहरुको साथबाट जरनेटरको तार ९ पिस, सलाई रिन्च १ पिस, तामाको प्लेट नटवाला ३ थान र ब्लेड १ थानसहितका समानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनु भयो ।