मदिरा, स्वास्थ्यका लागि उत्तिनै खतरनाक छ जति समाजमा खुलेयाम बिक्री हुन्छ । नजिकै छिमेकी देश भारतको बिहारमा मदिरा बिक्री वितरणमा पूरै रोक लगाइएको छ तर नेपालमा भने मदिरा सहज रुपमा पाइन्छ । मदिरा आफैमा खराब कुरा भएको विज्ञानले प्रमाणित गरेपनि यसको सेवन गर्नेहरुको संख्या भने घटेको छैन बरु बढ्दैन पनि । फाइदा नभए पनि मदिरा सेवन गर्नेहरु घटेका छैनन् ।

संचारमाध्यामबाट मदिरा फाइदाजनक नभएको कुरा जति बताए पनि उति घटेको पाइदैन । यो आफैमा एउटा खोजको कुरा भएपनि स्थानीय स्तरमा समेत मदिरालाई ब्यापक बनाइएको छ । प्रहरीकै संरक्षणमा मदिरा भट्टीहरु संचालनमा रहेको कुरा बाहिर आइरहेको छ । यस्तो खबर सार्वजनिक हुनु प्रहरीकै लागि लाजमर्दो कुरा हो ।

मदिरा बिबmी गर्न पाए पनि खुला बिक्री गर्न पाइदैन । यसका पनि मापदण्डहरु छन् । बिना अनुमति मदिरा बिक्री वितरणका लागि सरकारले रोक लगाएको भएपनि कार्यान्वयन भने छैन । मदिराको बिषयमा स्थानीय प्रशासन यसरी मौन बस्नुको पछाडि विभिन्न उपशंकाहरु उत्पन्न हुने अवस्था सृजना भएन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here