वीरगञ्ज,पर्सा जिल्ला अदालतले आफ्नी छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुवालाई बुधवार पुर्पक्षको लागि थुनामा पठाएको छ ।पर्सा जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले ती बुवालाई हाडनाता, जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।पर्सा प्रहरी र साइबर ब्यूरो भोटाहिटी काठमाडौंको संयुक्त टोलीले चैत २२ गते छोरीलाई बलात्कार गरेको आरोपमा पर्साका ३४ वर्षीय बुवालाई पक्राउ गरेको थियो ।उनले इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा ‘चाइल्ड सेक्सुअल एबुज मेटेरिएल्स’ राखेको जानकारी साइबर ब्यूरो काठमाडौं भोटाहिटीले प्राप्त गरेपछि शंकास्पद कागजातको आधारमा ती बुवालाई चैत २२ गते वीरगञ्जबाट पक्राउ गरेको थियो ।


















