नरेश गुप्ता

बरियारपुर,जिल्ला समन्वय समिति बाराको व्यापारिक भवनको एक समारोहबीच शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंह र उपसंयोजक पवन ब्याहुतले धार्मिक विधिअनुसार पूजापाठ गरी भवनको शनिवार शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै समन्वय समितिका संयोजक सिंहले व्यापारिक भवनको निर्माणसँगै जिल्लाका व्यापारी, व्यवसायी र उपभोक्ताहरुलाई पनि कारोबार गर्न सहज हुने बताउनु भयो । कलैयामा रहेका हाट बजारहरु एकीकृत नभएर अव्यवस्थित भएकोले उपभोक्ताहरुलाई कारोबार गर्न असहज भइरहेकोले एकीकृत व्यापारिक भवनको निर्माण गर्न लागिएको संयोजक सिंहले बताउनु भयो ।

कुल १ करोड २ लाख २३ हजार १ सय ७२ रुपैंयामा निर्माण हुन लागेको सो भवन दुई तलाको र २० वटा कोठा हुने जानकारी पनि दिइएको छ । एस डी कन्ट्रक्शन जनकपुरधामले ६१ लाख ९३ हजार ३ सय १६ रुपैंया २० पैसामा भवन निर्माणको लागि ठेक्का सकार गरेकोले उपसंयोजक ब्याहुतले जानकारी दिनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका निमित्त प्रमुख सुनिल चौरसिया, समन्वय समितिका सदस्यहरु चन्देश्वरप्रसाद यादव, विन्देश्वरी ठाकुर लोहार, कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जटाशँकर सहनी, लोसपा बाराको नेता जयप्रकाश साह लगायत विभिन्न पार्टीका नेता कार्यकर्तासहित कार्यालयका कर्मचारीहरुको पनि उपस्थिति रहेको जिल्ला समन्वय समिति बाराका लेखापाल सौरभकुमार साहले जानकारी दिनुभयो ।

फोटो पनि छ ।

Leave a Reply