कलैया,कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका भुस्याहा कुकुरहरुको बन्ध्याकरण तथा खोप अभियान सुरु गरेको छ ।कलैया उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख भुलन साहले दिएको जानकारी अनुसार एनिमल नेपाल ललितपुरको प्राविधिक सहयोगमा र उपमहानगरपालिकाको सहकार्यमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण र खोप लगाउने अभियान सोमवारबाट सुरु गरिएको हो ।

अभियान अन्र्तगत ६ सयभन्दा बढी कुकुरहरुको बन्ध्याकरण तथा खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।कलैया उपमहानगरपालिकामा बहुला कुकुरको टोकाइमा परेर घाइते हुने क्रम बढेपछि उपमहानगरले कुकुरहरूको बन्ध्याकरण तथा खोप लगाउने अभियान थालनी गरेको हो । यसले नगर क्षेत्रमा कुकुरको संख्यामा कमी आउने र कुकुरको स्वास्थ्य पनि राम्रो हुने बताइएको छ ।

Leave a Reply