बरियारपुर,देवताल गाउँपालिकामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास भएको छ ।

शुक्रवार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष चन्दनकुमार सिंहले वडा नम्बर ४ र ५ को लागि बर्थिङ्ग सेन्टरको शिलान्यास गर्नुभएको हो ।

तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रिप्राढीको दक्षिणपट्टी ४ कोठे भवनको शुक्रबार अध्यक्ष सिंहले शिलान्यास गर्नुभएको हो ।

बर्थिङ्ग सेन्टर निर्माणको लागि मधेश समृद्धि कार्यक्रमबाट ३८ लाख बजेट बिनियोजन भएको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताउनुभयो ।

बर्थिङ्ग सेन्टर शिलान्यास कार्यक्रममा देवताल गाउँपालिकाका योजना शाखा प्रमुख अभिनन्दन गुप्ता, वडा अध्यक्षहरु, वडा सदस्य, शिक्षक अवधकिशोर गिरी, शिवनाथ साह, बिजय मिश्रा र लोसपाको युवा नेता शिवदर्शन पडित, श्यामसुन्दर साह, अम्बिका साह तेली तथा कार्यालयका कर्मचारीलगायत स्थानीयको सहभागिता रहेकोे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here