आरके चौधरी
सखुवाप्रसौनी,सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ मा अगुवा कृषकहरूका लागि आयोजना गरिएको माटोको नमुना संकलन तथा माटो स्वास्थ्य सुधार सम्बन्धी “स्थलगत घुम्ती तालिम” सम्पन्न भएको छ ।वडा अध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षतामा आयोजित उक्त तालिममा गाउँपालिका अध्यक्ष जस्वन्त यादव प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संजिव यादव, सामाजिक विकास शाखा प्रमुख विनोद यादव, कृषि शाखा प्रमुख दायाराम वाग्ले, कृपासिन्धु चौधरी तथा मुकेश पटेल लगायतको उपस्थिति रहेको थियो ।तालिममा गाउँपालिकाका ब ४० जना कृषकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा माटो परीक्षणको महत्व, नमुना संकलन गर्ने सही तरिका तथा माटोको स्वास्थ्य सुधार गर्ने उपायहरूबारे तालिमका सहभागीहरुलाई जानकारी दिइएको थियो ।यस तालिमले कृषकहरूलाई उत्पादन वृद्धि तथा दिगो कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


















