Og?jf, @! df3 . ;'g;/Lsf] sf]zL ufpFkflnsf j8f g+ ! df a; / 6«s Pscfk;df 7f]lSsbf ePsf] cfunfuLnfO{ lgoGq0f ub}{ k|x/L . t:jL/ M clhts'df/ emf, /f;;

निजगढ,सुनसरीको लौकहीमा शनिवार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा निजगढका एकजना ट्रक चालकसहित तीन जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका वडा नम्बर– १ मा बस र ट्रक एकापसमा ठोक्किँदा भएको आगलागीमा परेर ट्रक चालक निजगढ नगरपालिका वडा नम्बर ९ का वर्ष २८ का शेख फिरोजको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका ट्रक मालिक डम्बर श्रेष्ठ पनि दुर्घटनामा घाइते बन्नुभएको छ । अन्य मृत्यकहरुमा बस चालक पाँचथरका सुरेश राई र एक जना बसमा सवार यात्रु रहेका छन् । बसका यात्रुको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।

दुर्घटनामा २७ जनाभन्दा बढी घाइते बनेको प्रहरीले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तगर्त कोशी गाउँपालिकाको लोकहीको खुनियामा ट्रक र बस एकआपसमा ठक्कर खाएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाले बताउनुभयो । एसपी थापाका अनुसार पूर्वको काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र निजगढबाट पूर्व जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किर आगलागी भएको थियो ।

दुर्घटनालगत्तै बसमा सवार अन्य यात्रुको उद्दार गरिएकाले थप मानवीय क्षति नभएको प्रहरीले बताएको छ । दुवै सवारीका चालकको शव जलेको छ । घाइतेमध्ये केही सामान्य उपचारपछि घर फर्किएका छन् भने १६ जना घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको एसपी थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here