सिकिन्द्र साह

सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ८ बाजोपट्टीमा सोमवार दलित, गरिब तथा जेष्ठ नागरिकलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गरिएको छ । नगर प्रमुख रमेशकुमार यादवले स्थानीय ४ सय परिवारलाई ग्यास चुल्हो वितरण गर्नु भएको हो ।

 

नगरपालिकालाई धुवामुक्त बनाउने अभियान अन्तरगत ग्यास चुल्हो वितरण गरिएको नगर प्रमुख यादवले बताउनु भएको छ । उहाँले आफूहरु नगरपालिकालाई धुवामुक्त बनाउने अभियानमा लागेको र नगरका सबै वडामा चुल्हो वितरण गरिने पनि बताउनुभयो । नगर प्रमुख यादवले नगरका गरिब, दलित र एकल महिलालाई प्राथमिकतामा राखेर अभियान सन्चालन गरेकोसमेत बताउनुभएको छ ।

नगरपालिकामार्फत ग्यास चुल्हो र सिलिन्डर सहयोग पाएपछि स्थानीय दलितवस्तिमा खुसियाली छाएको वडा अध्यक्ष मनोज यादवले बताउनुभएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसाकीय अधिकृत श्यामप्रसाद यादव समाजसेवी प्रेम नारायण चौधरी, गायत्री देबी राम, कृत महरा, बुधनप्रसाद यादवलगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here