काठमाण्डौ – जिम्बावेसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १० विकेटले विजयी भएको छ ।
हरारेमा जिम्बावेले दिएको एक सय ९० रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ ३० ओभर ५ बलमा पूरा ग¥यो । भारतका लागि शुभमन गिलले ८२ र शिखर धवनले ८१ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४० ओभर ३ बलमा अलआउट हुँदै एक सय ८९ रन बनायो । जिम्बावेका लागि रेगिस चकाभाले ३५, रिचार्ड एनगराभाले ३४ र ब्राड इभान्सले नटआउट ३३ रन बनाए । बलिङतर्फ भारतका दीपक चाहर प्रधिश कृष्ण र अक्षर पटेलले तीन÷तीन विकेट लिए । यस्तै मोहम्मद सिराजले एक विकेट लिए ।
योसँगै भारतले जिम्बावेसँगको तीन खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएको छ । तीन खेलको एकदिवसीय शृङ्खलाका लागि भारत जिम्बावे भ्रमणमा छ ।