कलैया,कानुन बमोजिम इजाजत नलिका वा इजाजतको नवीकरण नगरेका हातहतियार तत्काल बुझाउन जिल्ला प्रशासन कार्यालय बाराले सरोकारवालाहरुसंग अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आइतवार विज्ञप्ति जारी गर्दै कानुनी प्रक्रिया पुरा नगरी राखिएका हातहतियार तत्काल बुझाउन आग्रह गर्नुभएको हो ।

इजाजतप्राप्त व्यक्तिको मृत्युपछि हकवालाको नाममा नामसारी नभएका, नवीकरण नगरिएका वा इजाजत नै नलिएर राखिएका हतियार नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने भट्टराईद्धारा जारी सूचनामा उल्लेख छ । दिइएको समयमा हतियार नबुझाएमा इजाजत बिना हतियार राख्ने व्यक्तिमाथि कडा कारबाही हुने समेत विज्ञप्तिमा जनाइएको छ ।इजाजत नलिएका हतियारहरुको प्रयोगबाट जिल्लामा अपराधिक घटना बढन सक्ने देखिएकोले नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको हो ।

Leave a Reply