कृष्ण मोहन साह
सेढवा – पर्साको जिराभवानी गाउँपालिकामा राहत बितरण नगरेको भन्दै गाउँपालिका कार्यालय घेराउ गर्न गएका स्थानीय र प्रहरी बिच झडप हुँदा एक पत्रकार सहित दर्जनौं व्यक्ति घाइते हुनुको साथै मोटरसाइकलहरुमा क्षति भएको छ । बुधबार दिउँसो करिब ३ बजेको समयमा स्थानीयहरु लकडाउन ३० दिन बितिसक्दा पनि गाउँपालिकाले राहत बितरण नगरेको भन्दै गाउँपालिका अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरी र स्थानीय बिच झडप हुँदा समाचार संकलनका लागि गएका नारायणी एफएम र कृपा दैनिकका सम्बाददाता कृष्ण मोहन साह सहित दर्जनौं व्यक्ति घाइते हुनुको साथै गाउँपालिका कार्यालय अगाडी राखिएको प्रहरी र जनप्रतिनिधिहरुको मोटरसाइकल स्थानीय प्रदर्शनकारीहरुले तोडफोड गरि पुर्ण रुपले क्षति बनाएका छन् ।
प्रदर्शनकारीहरुको तोडफोडबाट ना १ ब ३५७८, ना २२ प २४३०, ना १ ब ३५८८, ना १ ब ३५८६, ना ३५ प २३९, ना ५५ प ६४९४, बा २ प ५७०३ र गाउँपालिका अगाडि राखेको गाउँपालिकाको जेसिबी र रोलर पनि प्रदर्शनकारीहरुले तोडफोड गरि क्षति ग्रस्त बनाएका छन् । गाउँपालिकामा भएको प्रदर्शन उग्ररूप लिएपछि पर्सा क्षेत्र नम्बर ४ का संविधान सभासदस्य जयप्रकाश थारुको पहलमा अध्यक्ष रामपृत महतो , प्रशासकिय अधिकृत कुलोतम प्रसाद पोखरेल र उपाध्यक्ष उषा देवि थरुनिले स्थानीय प्रदर्सनकारीहरु संग माफी माग्दै भोलि देखि नै सबै वडामा राहत बितरन गर्ने प्रतिबद्धता जनाएपछि स्थिति समान्य भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनुभयो ।
घटना स्थलमा इप्रका पटेर्वा सुगौली , इप्रका सेढवा मातहत रहेका सबै प्रहरी चौकी र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुर र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।