नरेश गुप्ता
बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट ब्युरो सद्स्य दिनेश राईले स्थानीय तहको चुनावसंग आफुहरु नडराएको बताउनु भएको छ ।
युवा संघ नेपाल कलैया उपमहानगरपालिका द्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सद्स्य राईले नेकपा एकीकृत समाजवादीमा आवद्ध युवाहरुले जनवर्गीय संगठन बलियो बनाउनु पर्नेमा जोड दिनु भयो ।
स्थानीय तहको चुनावा नै पहिला गराएर देशमा संघीयता तथा लोकतान्त्रिक पद्दतिको संरक्षण गर्नु पर्ने उहाँको भनाइ थियो । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एंव प्रदेश सांसद सुन्दर विश्वकर्माले युवा शक्ति नै सबैभन्दा ठूलो शक्तिको रुपमा रहेको भन्दै देशको भविष्य पनि युवाकै हातमा रहेको बताउनुभयो । देशमा भएका सबै खाले परिवर्तनमा युवाहरुको भूमिका उल्लेखनीय रहेको उहाँको भनाइ थियो ।
युवा संघ कलैया नगर कमिटी अध्यक्ष हरिओम साहको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य, विभिन्न केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी र जनवर्गीय संगठनमा मनोनीत हुनुभएका नेताहरुकोलाई गम्छा र टीका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा युवा संघ बाराका अध्यक्ष राम यादवले स्वागत मन्तव्य दिनुभएको थियो भने मुकेश कुशवाहाले संचालन गर्नुभएको थियो ।