वीरगन्ज,पर्साको ठोरीमा आतंक मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।

एक सातादेखि ठोरी गाउँपालिका वडा नम्बर १ को गाउँमा पसेर आतंक मच्चाएको पाटे बाघलाई निकुञ्जका बगही सेक्टरका सहायक वार्डेन प्रमोद यादवको टोलीले नियन्त्रणमा लिएर चितवनको कसरा लगेको हो । इन्जेक्टेड गरेर बेहोस बनाएपछि नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको वन्यजन्तु एम्बुलेन्सद्वारा कसरा पुर्याइएको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिनुभयो । बाघ नियन्त्रणमा लिन एक सातादेखि तीन वटा हात्तीको समेत प्रयोग गरिएको थियो ।

Leave a Reply