संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग छलफल गर्दै नेकपाका नेता तथा जनप्रतिनीधिहरु ।

पुष्पराज खतिवडा
मन्हर्वा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाराका नेताहरुले संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग जिल्लामा सडक र पुल निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका छन् । मंगलबार विहान बाराको सिमरामा मन्त्री नेम्वाङसँग सामुहिक छलफलका क्रममा स्थानिय जनप्रतिनीधि तथा नेताहरुले जिल्लामा संचालित योजनाहरु समेतको गति बढाई समय अगावै सम्पन्न हुने वातावरण निर्माणका लागि आग्रह समेत गरे ।

 

 

 

 

कोतवाली–पिपरपाती सडक, निजगढ–भरतगंज–फापरवारी सडक (जुन प्रदेश दुई र वाग्मती प्रदेश जोड्ने सडक हो ), सिमरा–कोल्हवी सडक, कोल्हवी–कलैया सडक लगायतका गाउँबाट शहर जोड्ने सडक निर्माणमा सहयोग गरिदिन आग्रह गरिएको हो । त्यस्तै जैतापुर–कलैया–वघवन–पिप्राढी–देवापुर सडक, रजघट्टा–भलुई सडकमा बजेट विनियोजन गरी तीव्रताका साथ काम अगाडि बढाउनका लागि आग्रह गरिएको नेकपाका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए ।

 

 

 

 

 

त्यस्तै सिमरा कोल्हवी सडकमा पर्ने पसाहा खोलामा पुलकाटेण्डर गरिनुपर्ने, शक्ति खोला पुल टेण्डर गर्ने ,अमलेखगञ्ज निजगढ सडकमा पर्ने दुधौरा पुल, वकुलीया अम्वाडार फत्तेपुर सडकमा पर्ने दुधौरा पुल, सुक्लैया मा पर्ने बाल बालगंगामा पुल निर्माणका लागि आग्रह गरिएको छ । अत्यावस्यक स्थानका खोला पैनीहरूमा पुल निर्माणका लागि विशेष आग्रह गरिएको पूर्वमन्त्री पौडेलले बताए ।

 

 

 

 

 

नेताहरुको आग्रहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले जिल्लाका अति आवश्यक र महत्वपूर्ण सडक तथा पुल निर्माणमा आवश्यक काम अघि बढाउने प्रतिवद्धता जनाए । “म तपाईले अघि सारेका कार्यक्रमलाई योजनामा पार्छ ,ब्यवस्थीत बनाउँछु” उनले भने । स्थानिय आवश्यकताको पहिचान गरी समाधान क्षेत्रीय स्तरका योजनाका लागि छुट्याईँदै आएको एककरोड बजेटलाई बढाएर ५ करोड बनाईने नेम्वाङले नेताहरुलाई जानकारी गराए ।
मन्त्री नेम्वाङसँग प्रदेश दुई भित्र संचालित राष्ट्रिय योजनाहरुको अनुगमनका क्रममा बारा आएका थिए । उनी आजै काठमाण्डौं फर्किएका छन् ।

 

 

 

 

 

 

सिमरा स्थीत होटल ईच्छामा भएको छलफलमा पूर्वमन्त्री पुरूषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्यहरु अच्युत मैनाली, वलवीर चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल, पूर्व जीविस सभापति छठु प्रसाद यादव, नेकपाका नेता मनोज पौडेल, कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारी, जितपुरसिमरा उपमहानगरपालिका उपप्रमुख सरस्वती चौधरी निजगढ नगरपालिका उपप्रमुख लीला खनाल, पर्साको ठोरी गाउँपालिका अध्यक्ष पि एल श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply