जीतपुर,बाराको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवारहरुले मंगलवार बिहान चुनावी घरदैलो कार्यक्रममा गरिएको छ ।
बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका सुनिल गुप्ताले घरदैलो कार्यक्रम गर्नुभएको हो । पार्टीका जिल्ला सल्लाहकार आफताब आलमका अनुसार शिवपार्वतीटोलबाट सुरु गरिएको घरदैलो कार्यक्रम चौधरीटोल, पहाडीटोल, बोरिनटोल हुँदै वडा नं.७ स्थित पार्टीको कार्यालयमा पुगेर समापन भएको थियो । पार्टीका वडा कार्यसमितिका सदस्यहरु सीता उप्रेती, महम्मद नुरुल्लाह अंसारी, नविन मैनाली, ललिता पासवान लगायत सयौं कार्यकर्ताको सहभागिता रहेको थियो ।