नरेश गुप्ता
बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर बस्ने कलमोदिन मिँयाको पक्की घरमा करेन्ट सर्ट भएर आगलगी हुँदा ५ लाख बराबरको धनमाल क्षति भएको छ । घरमा रहेको धान, गहुँलगायत खाद्यान्न र अन्य सरसामन गरी ५ लाख बराबरको क्षेति तर मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।
मियाको पक्की घरमा अचानक विद्युत सर्ट हुँदा घरमा रहेको खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतको सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनु भयो ।
बरियारपुरबाट पुगेको दमकल र स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।