निजगढ,निजगढ नगरपालिका नगरकार्यपालिकाको कार्यालयले नगरपालिकाका २४ जना युवाहरुको लागि ४ महीने निःशुल्क सीप विकास तालिम संचालन गर्ने भएको छ ।पोखरा भ्याली टेक्निकल ट्रेनिङ्ग इन्स्टिच्युट प्रा.लि., पोखराको आर्थिक सहयोगमा नगरपालिका कार्यालयले नगरपालिकाका १७ देखि ४० वर्ष उमेरका २४ जना युवाहरुलाई पोखरामा राखेर तालिम दिन लागेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य गौतमले आज एक सूचना निकालेर तालिममा सहभागी हुन इच्छुक आवेदन दिन जानकारी गराउनुभएको छ ।नगरपालिकाले साधारण लेखपढ गर्न सक्ने १०-१० जनालाई सिकर्मी, सटरिङ्ग र डकर्मी, प्लम्बर तथा स्टिल फिक्सर तालिम दिने भएको हो ।त्यसैगरी सूचनामा २÷२ जनालाई इलेक्ट्रिकल तथा मोवाइल मर्मत र वेशिक, एडभान्स इलेक्ट्रिकल तालिम दिइने जनाइएको छ । इलेक्ट्रिकल तथा मोवाइल मर्मत, वैदेशिक र एडभान्स इलेक्ट्रिकलमा सहभागी हुन चाहनेहरु भने कक्षा ८ उर्तिण भएको हुने पर्ने सूचनामा भनिएको छ ।
माग भएको संख्याभन्दा बढी आवेदन परेमा नगरपालिकाले सर्टलिस्ट तयार गर्ने तथा अन्तरवार्तामार्फत सहभागी छनौट गरिने जनाएको छ ।
त्यसैगरी तालिममा छनौट भएका सहभागीहरुलाई निःशुल्क खाना र आवासको व्यवस्था गरेको पनि सूचनामा जनाइएको छ ।त्यसैगरी उनीहरुलाई प्रत्येक महिना १ हजारका दर निर्वाह भत्ता र पोखरासम्म जाने र निजगढ फर्कने गाडी भाडा पनि उपलब्ध गराइने जनाइएको छ ।














