बरियारपुर,ईलाका प्रहरी कार्यालय निजगढ र सव डिभिजन वन कार्यालय तामागढीबाट खटिएको सयुक्त टोलीले टांगियाबस्तीमा छापामारी अवैध काठ बरामद गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तीबाट करिब ४१.१ क्युवफिट काठ बरामद गरेको हो ।

वस्ति नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घरमा ल्याएर लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद भएको थियोे । डिभिजन वन कार्यालय बाराका फोरेष्टर मुकेशकुमार दासको नेतृत्वमा गएको टोलीले लुकाई छिपाई राखेको अवस्थामा २ थान गोलिया र चिरान गरि राखिएको ५६ थान गरि ४१.१ क्यु फिट काठ बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताउनुभयो । बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय तामागढीमा घाटगद्दी गरि राखिएको छ ।

बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजी वन क्षेत्र रहेका छन ।

वन क्षेत्रभित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटो र निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपाको वन क्षेत्रमा पछिल्लो समय काठ बढी तस्करी हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here