सरकारले कोरोना महामाहारीको तेश्रो जोखिम शुरु भएसंगै सर्तक र सावधानी अपनाउनका लागि आग्रह गरेको छ तर अहिले भने यसको पालना भएको जस्तोे देखिदैन । मुलतः अहिले विवाह लगायतका सामाजिक कार्यहरु भइरहेका छन् यो अवस्थामा स्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने कुरा भने धेरै ओझेलमा परेको छ ।

कोरोना माहामारी केही होइन भन्ने जस्तो भावना नागरिकहरुमा देखिएको छ । सामाजिक कार्य त एकदर्म हुन आवश्यक छ । सामाजिक कार्यलाई रोक्न त सकिदैन तर यसमा सावधानी र सचेतना भने अपनाउन सकिन्छ । कम सावधानीकै कारण पनि बारामा सोमबार सवारी दुर्घटना हुदा मानवीय क्षति समेत भएको छ ।

कोरोना र यो घटना आफैमा एक अर्कामा सम्बिन्धित नभएपनि आफैमा मिल्दाजुल्दा कुरा भने हुन् । त्यसैले पनि कोरोना संक्रमण जोखिमका लागि न्यूनिकरणका लागि सबै सचेत हुन आवश्यक छ र यो नागरिकहरुका लागि भन्ने नै हो भन्ने कुरा पनि बुझ्न आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here