गत फागुन २१ गते सम्पन्न भएको आम चुनावमा बारा र पर्साका सबै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी बने । पुराना दल विशेषगरी काँग्रेस, एमाले र मधेशवादी दलबाट वाक्क भएका जनताले नयाँ पार्टीलाई रोजे र चुनावमा अपेक्षाकृत मत पनि दिए । आफैले विश्वास नगरेको क्षेत्रमा समेत रास्पवाका उम्मेदवारहरुले चुनाव जिते । उनीहरुले चुनाव जित्नु नयाँको सवालमा राम्रो पनि कुरा हो । एक पटक नयाँलाई पनि हेरौं भन्ने मधेशका नागरिकहरुको भावना पनि देखिएकै हो । त्यसो त जनताको मत भने संधै एकनास पनि हुदैछ ।

तर, वर्तमान सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटका सवालमा विभेद भएको गुनासा बारा र पर्साका नागरिकहरुले गरेका छन् । कम्तीमा यहाँबाट जितेका सांसदरहरुले किन आफ्नो क्षेत्रका कुराहरु बजेटमा समावेश भएनन् भनेर बताउन पनि आवश्यक छ । सरकार भनेको सबैको हो, मधेशमा खासै धेरै कुरा आएका छैनन् । बालेनलाई हेरेर धेरैले मत दिएकै हुन् तर सोचे जस्तो बजेट नआएपछि सबै निराश बनेका छन ।

निजगढ विमानस्थलको कुरा यसअघिका सबै सरकारले गर्दैआएका छन तर कसैले पनि पार लागउन सकेनन । यसपालि पनि बजेटमा यो कुरा समावेश भएको सुनियो तर काम कति हुन्छ यसको ठेगान छैन । अनि वीरगञ्जको नारायणी अस्पतालको कुरा भन्दा अरु केही आएन । कम्तीमा चिनी मिलको सवालमा केही कुरा आउनु पर्दथ्यो आएन ।त्यसैगरी बाराका कतिपय कुरा आउनुपर्ने थियो आएन । समग्रमा बजेट बारा र पर्सा अनि मधेशका नागरिकहरुका लागि खासै महत्वपूर्ण छैन ।

Leave a Reply