पुष्पराज खतिवडा

मनहर्वा,निजगढ नगरपालिका वडा नम्बर.८ उखु बारीमा आगलागी हुँदा करिव १० लाख रुपैया बराबरको क्षेति भएको छ । स्थानीय किसान राम खत्रीको २ बिगाहा उखुबारीमा बुधबार साँझ ४ बजेको समयमा आगलागी सो रकम बराबरको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

उखुबारीको आगो स्थानीय, प्रहरी र निजगढ नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक संजिव ओलीले दिनुभयो । निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीसहित वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामासहितको टोलीले पनि आगलागी क्षेत्रको बुधवार साँझ निरीक्षण गरेको थियो ।

त्यसैगरी मंगलवा राति निजगढ नगरपालिका वडा नम्बर ७ माझी टोलमा जनबहादुर माझीको गोठमा भएको आगलागीमा परेर ७ वटा बाख्रा र एउटा गाई जलेको छ । राति करिव १० बजेको समयमा माझीको घरसंगैको गोठमा आगलागी भएको थियो । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट हुनुको साथै १० क्विन्टल धान पनि जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी र निजगढ नगरपालिकाको दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

यस्तै बुधवार अपराहन्न ३ बजेको समयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्ति टोल बस्ने ऊजर देवानको घरमा अचानक आगलागी हुँदा १ लाख बराबरको धनमाल जलेर क्षति भएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो ।

देवानको घरमा लागेको आगो स्थानीय र प्रहरीको सहयोग २० मिनेटपछि नियन्त्रणमा लिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here