राजनीतिक नेतृत्वहरुले धेरै कुरामा विचार गर्नुपर्दछ । कति बेला समय प्रतिकूल हुन्छ भन्ने कुराको ठेगान हुदैन । शासनमा रहेका बेला जे गरेपनि हुन्छ भन्ने भ्रम पनि राख्न हुदैन । किन भने जनताभन्दा सर्वेसर्वा अरु कोही हुन सक्दैन । तानाशाह नै भएपनि एकदिन उसको अन्त्य निश्चित छ भने लोकतन्त्रमा त कोही तानाशाहको कल्पना गर्ने कुरा पनि आएन र जसले सोचेको हुन्छ उसको अन्त्य पनि एकदमै नराम्रो हुन्छ ।

उदाहरणका लागि छिमेकी देश बंगलादेशलाई लिन सकिन्छ ।सत्तामा पुगेकी बंगलादेशकी प्रधानमन्त्रीले जे गरेपनि हुन्छ भन्ने सोच राखिदिँदा त्यहाँ हिंसात्मक घटना भयो र अन्ततः देश छाडेर शणनार्थी हुनुपर्ने अवस्था आएको छ । जनतालाई केन्द्रमा राखेको भए अहिले देश छाडेर जानु पनि पर्ने थिएन र आफ्नो देशका नागरिकहरुको मृत्यु पनि हुन्थेन । सरकारी जागिर भनेको सबैका लागि सामान हो ।

अझ जसले पढ्न सक्छ,उसले नाम निकालेर खाने हो । भनसुन र कोटाका आधारमा हुदै होइन । नेपालमा पनि यो प्रवृत्ति छ ।समयसंगै बंगलादेशको जस्तो घटना नेपालमा पनि नहोला भन्न सकिन्न । यहाँ पनि शासकहरुले आफ्नो अनुकूलताको केही आरक्षणको व्यवस्था गरेका छन् । हुनत नेपालमा ठ्याक्कै नेताका छोराछोरीका लागि भनेर त छैन तर आरक्षण वा कोटा निर्धारण अहिले पनि छ । यस्तो कोटा प्रर्णाली लागू गरिनु हुन्न । यसले भोलि बंगलादेशकै अवस्था आउने हुदा बेलैमा शासकहरुले ध्यान दिन आवश्यक छ । जसले पढ्छ,मेहनेत गर्छ उसैका लागि सरकारी जागिर हो भन्ने कुराको भाष्य सृजना गर्न जरुरी छ न कि कोटा वा भनसुनका आधारमा जागिर नहोस् ।

 

Leave a Reply