निजगढ,निजगढ ७ को शिखर टोल विकास समूहले तिहारमा देउसी-भैलो खेलेर संकलन भएकोे रकमबाट खरिद गरेको सामग्री निजगढ ४ स्थित मानव सेवा आश्रमलाई प्रदान गरेको छ ।शिखर टोल समूहले तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलन गरेको रकम हालेर खरिद गरेको सामग्री निजगढको बागदेमा रहेको मानव सेवा समाजको सेवा घरलाई हस्तान्तरण गरेको हो ।देउसीबाट जम्मा भएको करिब २७ हजार बराबरको रकमबाट सामाग्री खरिद गरी सेवा घरलाई दिएको गरेको टोल समूहको अध्यक्ष हरी साहीले जानकारी दिनुभयो ।जाडो महिना शुरु हुनुपूर्व सेवाघरमा आश्रितहरुको लागि भनेर लत्ताकपडा, ग्यास चुलो, कचौरा, ठूलो डस्पिन, १० किलो सरफ, २ वटा बाटा, २ वटा बाल्टिन, हार्पिक, बेसार, मसला, १० लिटर तेल, स्याम्फु, कपडा धुने साबुन, भाडा माझ्ने साबुन, नुहाउने साबुन, बिस्कुट, २ काटुन चाउचाउ, मेथी, केराउ, चना, मन्जन ब्रस, टोपी, मोजा, चप्पल, १ बोरा चिउरा, पानी तताउने भाडो, इस्टिल झुस, दालमोठ, चिनी लगायतका सामग्री सेवा घरमा सहयोग गरेको अध्यक्ष साहीले जानकारी दिनुभएको छ ।समूहको देउसी भैलोवाट करिब ६० हजार संकलन गरेको र त्यसमध्ये केही रकमबाट समाजको सेवा घरलाई सहयोग गरेको अध्यक्ष शाहीले बताउनुभयो ।


















