काठमाण्डौं,संयुक्त राज्य अमेरिकामा हवाई जहाज नै चोरेर उल्टै दुर्घटना गराइदिने धम्की दिएका एक व्यक्ति पक्राउ परेका छन् ।

उत्तर–पूर्वी मिसिसिपीको टुपेलो सहरमा हवाई जहाज चोरेर उडाउने र दुर्घटनाको धक्की दिने कोरी वायन पिटरर्सनलाई प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिले हवाई जहाजलाई घण्टौँसम्म घुमाएर वालमार्ट स्टोरमा जानाजान दुर्घटना गराउने धक्की दिएका एनडीटीभीले जनाएको छ ।

मिसिसिपीका गभर्नर टेट रिभ्सले ठूलो प्रयासले जहाज सामान्य अवस्थामै अवतरण गराइएको र कोही पनि घाइते नभएको बताउनुभएको छ । धेरै बेरसम्म उडाएपछि उनले जहाजलाई एक सुपर मार्केटमा लगेर ठोक्काइदिने धम्की दिएका थिए । उनले धम्की दिएपछि प्रहरीले एम्बुलेन्स, दमकल, उद्धारकर्तालगायत सबै स्रोत–साधन तयारी अवस्थामा राखेको थियो ।

बिचक्राफ्ट किंग एअर ९० विमान पाँच घण्टाभन्दा बढी समयसम्म उडेको थियो । पाइलटको धम्कीपछि टुपेलो प्रहरी विभागले नागरिकलाई टाढा रहन आग्रह गरेको थियो । स्थानीय पत्रिका डेली जर्नलले विमान चोर्ने व्यक्ति टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको बताएको छ ।

Leave a Reply