लोकतन्त्रको सुन्दर रुप भनेकै निर्वाचन हो । निर्वाचन बिना लोतन्त्र संस्थागत हुन सक्दैन । त्यसो त चुनावलाई राजनीतिक दलहरुले भने आफ्नो स्वार्थ अनुसार व्याख्या गर्ने गर्दछन् । अनि आफ्नो अनुकुल हुने गरी चुनाव होस् पनि भन्ने गर्दछन् । दलहरुबीचकै आपसी मेल नहुँदा नेपालमा स्थानीय तहको चुनाव करिब २० वर्षपछि भएकै हो ।

फेरि स्थानीय तहको चुनाव हुनुपर्ने समय नजिकिदैछ । स्थानीय तहको चुनाव बैशाखमा गर्नुपर्ने भनेर निर्वाचन आयोगले भनिसकेको भएपनि दलहरुको स्वार्थका कारण भने समस्या देखिएको छ । बैशाखमा नै चुनाव हुनेमा शंकाउपशंका सृजना भएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले त स्थानीय चुनावको पक्षमा देखिएको छ तर अरु दलमा एकमत छैन । सायद उनीहरुले स्थानीय तहको चुनाव पहिला गर्दा एमाले हाबी हुने अनुमान पनि गरेका होलान् । लोकतन्त्रमा जनताको मत जित्न सक्नेले चुनावमा जीत हासिल गर्ने हो आत्तिएर कहाँ हुन्छ र ? हाम्रो संविधानले पनि स्थानीय तहमा जनप्रतिनिधिहरुको रिक्तताको परिकल्पना पनि गरेको छैन । त्यसैले कानुनतः स्थानीय तहको चुनावलाई पहिलो प्राथमिकतामा राख्नुको विकल्प छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here