आरके राजन
सिम्रौनगढ,२९औं जनयुद्ध दिवसको अवसरमा मंगलवार निजगढ र सिम्रौनगढमा दिपावली गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कार्यकर्ताहरुले विभिन्न प्रकारका रंगोली बनाएर दीपावली गरेका हुन ।
नेकपा माओवादी केन्द्र निजगढ र सिम्रौनगढ नगर कमिटीको आयोजनामा दिपावली गरिएको हो ।
मेयर पौडेलद्वारा शुभकामना
सिमरा,
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले जनयुद्ध दिवसको अवसरमा जीतपुर सिमरावासीलाई शुभकामना दिनुभएको छ ।२९औं जनयुद्धको वार्षिकोत्सवको अवसरमा मंगलवार शुभकामना सन्देश प्रकाशन गर्दै मेयर पौडेलले स्वदेशतथा विदेशमा बस्ने सबैमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले जनयुद्धका क्रममा जीतपुरसिमरावासी २१ जनाले सहादत प्राप्त गरेको उल्लेख गर्दै मेयर पौेडेलले सबै सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले सन्देशमा जनयुद्धका क्रममा घाइते अपाङ्ग तथा बेपत्ता योद्धाहरु र परिवारहरुप्रति उच्च सम्मान प्रकट गर्दै जनयुद्ध दिवसको खुसीयाली बाँड्न चाहन्छु भन्नुभएको छ ।मेयर पौडेलले जारी गरेको शुभकामना सन्देशमा जनयुद्धको अर्थ, महत्व र औचित्यको चर्चा समेत गर्नुभएको छ ।



















