नेपालीहरुको महान पर्व बडा दशैं हाम्रो घर आँगनमा भित्री सकेको छ । सोमबार घरघरमा जमरा राखेसंगै यो बर्षको दशैं पर्व शुरु भएको हो । प्रन्ध दिनसम्म मनाइने दशैंको धार्मिक तथा संस्कृतिक महत्व निकै छ । परापूर्वकालदेखि नै मनाउदै आइरहेको दशैं पर्व नेपालीहरुको ठूलो पर्व यसैपनि बन्दै आएको छ । जति ब्यवस्था परिवर्तन भएपनि यो पर्वको रौनकता भने घटेको छैन । दशैं भनेपछि राम्रो लगाउने र मिठो खाने पर्वको रुपमा चिनिन्छ ।

तर,यही दशैंको मौकामा बजारमा भने कालाबजारी हुने गर्दछ । यही मौकामा नागरिकहरुलाई ठग्ने काम गरिन्छ । बजारमा खाद्य बस्तुहरुको अचाक्ली मुल्य बढाएरु,सवारी साधनको भाडा बढाएर दशैंमा कमाउने सोच कतिपयले राखेको देखिन्छ । त्यसैले पनि हरेक बर्ष दशैं महँगो नै हुने गर्दछ । सरकारले दशैं महँगो छैन भन्ने गर्दछ तर उपभोक्ताहरुको भने ढाड सेक्ने काम हुने गर्दछ ।

बजार अनुगमन प्रभावकारी नहु्ँदा बजारमा जथाभावी जसले जे मन लाग्छ त्यही गरेका हुन्छन् । बारा र पर्साकै कुरा गर्ने हो भनेपनि अब बजारमा खाद्य बस्तुहरुको कलोबजारी शुरु भइसकेको छ । दशैं शुरु भइसकेका कारण पनि अब बजार अनुगमन सहित प्रभावकारी ढंगबाट जथाभावी गर्नेहरुलाई करावाही गर्नु पर्दछ । दशैं सबैका लागि समान होस् भान्छा कसैको पनि महँगो नहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here