रौतहटको गौर नरसंहारका बिषयमा कृपा दैनिकले तत्कालिन समय २०६३ साल चैत ८ गते समाचार, सम्पादकीय सहितका विश्लेषण सहितका सामग्री प्रकाशन गरेको थियो नै । त्यो जुनसुकै बाहनामा गरिएको भएपनि नरसंहार नै थियो । मधेशी जनअधिकार फोरमको आवरणमा भएको अपराधको फेरिस्त हो त्यो । राजनीतिमा आफूलाई बलियो देखाउनका लागि मच्चाइएको एक आतंकारी अनि विर्भत्स घटना थियो त्यो । उक्त घटनाको जसले जसरी बिरोध गरेपनि एकदमै कम हुन्छ ।

तर, नेपालमा राजनीतिक नाममा अपराध गर्ने छुट भएकाले यस्ता अपराधमा संलग्नहरुले उन्मुक्ति पाउदै आएका छन् । नेपालका अहिलेका नेतृत्वमा रहेका सबै दलका शीर्ष नेताहरु कुनै न कुनै अपराधमा संलग्न रहेकाले पनि गौर जनरसंहारका दोषिहरु राजनीतिको आवरणमा ठूला नेता भएका छन् । तीनै ठूला नेताकै एक मन्त्रीले हालै गौरमा यस्तै घटना दोहोर्याउने चेतावनी दिएकी छिन् ।

यसले के स्पष्ट पार्छ भने यो देशमा लोकतन्त्र र गणतन्त्रको नाउमा अपराध गर्ने छुट उनीहरुलाई छ । यहाँ जनमत पार्टीको नाउमा तराईका विभिन्न जिल्ला हुदै आएका हर्कतलाई पनि ठीक भन्न खोजिएको होइन । यो भ्रम पनि नहोस् तर मन्त्री वा जो कोहीले यस्तो अपराध गर्ने धम्की दिनु आफैमा लोकतन्त्रमाथि गम्भीर मजाक हो ।

यस्ता मन्त्रीलाई सामान्य कारबाही मात्रै होइन, कम्तीमा जन्मकैदको सजाय हुनुपर्छ तर नेपालमा त्यस्तो संभव छैन किनभने शीर्ष भनिएकाहरु नै रगतमा लतपतिएर सत्तामा पुगेका हुनाले अपराध गर्नेलाई उन्मुक्ति र पीडितलाई झनै पीडा दिने कार्य हुने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here