आज असार पन्ध्र अथवा मानो रोपेर मुरी उब्जाउने दिन । यो दिनको नेपाली समाजमा विशेषखालको महत्व रहदै आएको छ । यो दिनको नेपाली समाजमा मौलिक र सांस्कृति रुपमा उत्तिकै महत्व रहदै आएको छ । नेपाल कृषि प्रधान देश भएकाले पनि यसको महत्व नेपाली समाजमा रहदै आएको हो । त्यसो त नेपाल यस्ता मौलिक पर्वका विषयमा यसै पनि धनी देश हो तैपनि असार पन्ध्रको भने विशेषखालको महत्व नेपाली समाजमा छ ।यद्यपि पछिल्ला दिनमा भने असार पन्ध्रको मौलिक महत्व घट्दै गइरहेको र यसभित्र विकृति भने बढ्दै गइरहेको देखिन्छ । असार पन्ध्रको दिनमा त कृषकहरुलाई भ्याइनभ्याइ हुनुपर्ने हो तर वातावरणमा परेको प्रभावका कारण असार १५ मा कृषकहरु घाम तापेर बस्नु परेको छ भने कृषकका नाउमा मजाक गर्नेहरुको रमिता यो दिनमा देखिन्छ ।मल र बिऊको अभाव तथा सिँंचाईमा कृषकहरु पीडित रहेको अवस्थामा आजका दिनमा सरकारी अधिकारी भने रमिते बनेका देखिन्छन ।बारा र पर्साका कृषकहरुकै कुरा गर्ने हो भनेपनि यहाँ रोपाइले अझै गति लिन सकेको छैन । बिस्तारै यहाँका कृषकहरुले धान त रोप्नेछन् नै तैपनि भनेको जसरी रोपाइ गर्न कठिन देखिदैछ । कृषकहरुलाई समस्या नहोस्, राम्रोसंग रोपाइ गर्न पाइयोस् असार प्रन्धको विशेष गरी कृषकहरुलाई शुभकामना छ ।
















